वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद्का सदस्यहरूलाई चार दिन हेटौंडामै बसेर काम गर्न निर्देशन दिएका छन्। मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित चालु आर्थिक वर्षको प्रगति समीक्षा बैठकमा उनले मन्त्रालयका सचिवहरूलाई पनि हप्ताको पाँच दिन हेटौंडामा रहन निर्देशन दिए।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट खर्च र योजना कार्यान्वयन बढाउन यो निर्णय गरिएको हो। विशेषगरी बहुवर्षीय योजनाहरूको कमजोर प्रगतिका कारण मन्त्रालयगत खर्च अपेक्षित नभएको उनले बताए।
Advertisement
१४ मन्त्रालय रहेको वाग्मती प्रदेशको समीक्षा बैठकमा चार मन्त्री अनुपस्थित थिए। पछिल्लो समय मन्त्रीहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा बढी संलग्न हुन थालेपछि प्रदेश सरकारको आलोचना बढ्दै गएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







