बागमती प्रदेश सरकारले चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रममा समावेश भएअनुसार यो रकम अनुदानका रूपमा भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो।
Advertisement
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार रंगशाला भरतपुर महानगरपालिका र बागमती सरकारको साझेदारीमा निर्माण भइरहेको छ।
यसअघि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत व्यहोर्ने सहमति भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस