प्याब्सन मकवानपुरको नवौं अधिवेशनबाट विनोद सुवेदी पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। बालजागृति इङ्लिस स्कूलका प्रिन्सिपल सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की र उपाध्यक्षद्वयमा नविन केसी र लक्ष्मी श्रेष्ठ चयन भएका छन्।
Advertisement
नयाँ कार्यसमितिमा सचिव विष्णुहरि सुवेदी, कोषाध्यक्ष उपेन्द्र सुवेदी, सहसचिव रामबाबु सापकोटा र सहकोषाध्यक्ष भरत सापकोटा रहेका छन्। सदस्यहरूमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य चयन भएका छन्।
प्याब्सन राष्ट्रिय अध्यक्ष डि.के. ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ऋषिराम आचार्य, पूर्वअध्यक्षहरू, शिक्षक तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस