हेटौंडा/मानव अधिकार एलाइन्स मकवानपुरको ७औं जिल्ला अधिवेशनले रामचन्द्र न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार सम्पन्न अधिवेशनले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका चौलागाई, सचिवमा सानुभाई विक र कोषाध्यक्षमा मनिसा घले रहनुभएको छ। त्यसैगरी सदस्यहरूमा जयराम घिमिरे, गिता दर्लामी, सुमित्रा श्रेष्ठ, भोलाकुमार पौडेल र सचिता भट्टराई निर्वाचित हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले एलाइन्सले लोकतन्त्र र गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले समाजका विभिन्न वर्ग र समुदायलाई एलाइन्समा आबद्ध गराउँदै सामाजिक हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो।
अधिवेशनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, एलाइन्सका केन्द्रीय सदस्य तुलसी रिजाल, प्रदेश सहसचिव अञ्जन प्रसाद पौडेल, एमाले मकवानपुरका उपसचिव आरती पाठक लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।