हेटौंडा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत निर्वाचित हुनुभएको छ। छैटौं अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान र सहसचिवमा निशा गुरुङ चयन हुनुभएको छ। सदस्यहरूमा जमुना थिङ, सम्झना थापामगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रवीन्द्र वाईबा र विवेक सिन्तान रहनुभएको छ।
महासंघको केन्द्रीय पार्षदमा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता दङ्गोल, सुवर्णलाल श्रेष्ठ र उमेश राई चयन हुनुभएको छ। यस्तै, प्रदेश पार्षदमा अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल र प्रमोद कुमार राई निर्वाचित हुनुभएको छ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अग्रज पत्रकार मोहन संगामीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। साथै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलाई बधाई पत्र प्रदान गरिएको छ।
कार्यक्रमको अध्यक्षता फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष अशोकसुजन श्रेष्ठले गर्नुभएको थियो।