हेटौंडा-२ स्थित बालजागृति इङ्लिस सेकेन्डरी स्कुलका दुई विद्यार्थीले काठमाडौंमा भएको पाँचौं अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप २०२५ मा उपलब्धि हासिल गरेका छन्।
स्क्र्याबल क्लब नेपाल र द सेलिब्रेसन को-एड स्कुलद्वारा आयोजित प्रतियोगितामा बालजागृतिका प्रसिद्ध तिमल्सिनाले दोस्रो स्थान र श्रीसम श्रेष्ठले राइजिङ स्टारको उपाधि जित्न सफल भएका हुन्।
Advertisement
विद्यालयका प्राध्यापक विनोद सुवेदीले विजेता विद्यार्थीहरू, अभिभावक तथा विद्यालय परिवारलाई बधाई तथा आभार व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस