बागमती प्रदेश सरकारले प्रदेश सभाको १५ औं अधिवेशन माघ १८ गते शुक्रबार विहान ११ बजे बोलाउन सिफारिस गरेको छ।
आज (शुक्रबार) दिउँसो बसेको बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको प्रतिवेदन ग्रहण गरी संस्कृति तथा पर्यटन मन्त्रालयलाई आवश्यक निर्देशन दिएको छ। साथै प्रदेश चलचित्र विधेयक र जग्गा एकीकरण विधेयकका लागि निर्णय गरेको छ।
अन्य महत्वपूर्ण निर्णयहरूमा प्रदेश भवन नीति २०८१ र अपांग व्यक्तिसम्बन्धी प्रादेशिक नीतिको स्वीकृति समावेश छ।