लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका-७ को कोथलिटार आधारभुत विद्यालयका १३४ जना विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरेको छ।
Advertisement
अधिकांश विपन्न चेपाङ समुदायका बालबालिका अध्ययनरत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आइतबार यो कार्यक्रम सम्पन्न गरिएको हो। लायन्स क्लव हेटौंडा स्मारकका अध्यक्ष अन्जनप्रसाद पौडेलका अनुसार, जाडोको समयमा विद्यार्थीलाई चिसोबाट बचाउन र विद्यालय आउन नियमित गराउन यो पहल गरिएको हो।
कमल अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकहरू सहभागी भए। प्रमुख अतिथि लायन्सका डिस्ट्रीक को-चिफ एड्भाइजर प्रलाद मिश्रले सामाजिक सहयोगका लागि लायन्स क्लबलाई प्रशंसा गरे।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







