सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले तामाङ समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले चाडपर्वहरू सांस्कृतिक सम्पन्नताको प्रतीक रहेको भन्दै यसले मेलमिलाप, एकता र सौहार्दता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
Advertisement
तामाङ समुदायले यो पर्व नाचगान, आफन्त भेटघाट, खानपिन, कुलपूजा, प्रकृतिपूजा, र बौद्ध परम्पराअनुसार गुम्बा तथा चैत्यहरूमा पूजाआजा गरेर मनाउने गर्छन्। परम्परागत पहिरनमा सजिएर तामाङ्सेलो नृत्य प्रस्तुत गर्ने प्रचलन छ। साथै, घर-परिवार सफा गरी बुद्धका तस्बिर अङ्कित ध्वजापताका टाँगेर भगवान बुद्धप्रति श्रद्धा प्रकट गरिन्छ।
प्रदेश प्रमुख देवकोटाले सोनाम ल्होसारले तामाङ समुदायसहित सम्पूर्ण नेपालीमा सकारात्मकता र उल्लास ल्याओस् भन्ने कामना गर्नुभएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस