नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई मकवानपुर आउने भएका छन्। माघ १९ गते शनिबार हेटौंडामा हुने प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न सचिव भट्टराई मकवानपुर आउन लागेका हुन्।
Advertisement
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीका अनुसार अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। बिहीबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न विभाग तोकी सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ।
अधिवेशन गैरसरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा आयोजना हुनेछ। कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव विष्णु तारुकेसहित जिल्लाका विभिन्न नेताहरूको उपस्थिति रहनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस