हेटौंडा/ बागमती प्रदेश सभाले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ।
शनिबार बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो। विधेयक पारित भएसँगै खेलाडी तथा खेलकुद विकासका एजेन्डा युवा तथा खेलकुद मन्त्रालयले अघि बढाउन कानुनी मार्ग खुलेको मन्त्री महर्जनले बताउनुभयो।
Advertisement
अब परिषद्हरूको बैठक राख्न, बजेट निर्माण तथा आकार वृद्धि गर्न, १०औँ राष्ट्रिय खेलकुदका लागि बोर्ड बैठक राख्न तथा समग्र खेलकुद क्षेत्रको विकासमा सहजता हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







