हेटौंडा/हेटौंडा–११ स्थित सहिद स्मारक पार्कमा युवा संघ नेपालले केपी ओली कपको भव्य स्वागत गरेको छ।
स्मारक विकास समितिका व्यवस्थापक प्रमुख रामचन्द्र न्यौपानेका अनुसार, कार्यक्रमका क्रममा केपी ओली कपको ब्यानर टाँगिएको थियो भने खेलप्रेमी युवा खेलाडीहरूलाई फुटबल हस्तान्तरण गरिएको थियो।
Advertisement

फागुन ११ गतेदेखि सुरु हुन लागेको नेपाली फुटबलको महाकुम्भ केपी ओली कपलाई थप उत्साहजनक बनाउन युवा संघ नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो। खेलप्रेमीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







