राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबे रहेका थिए।

बैठकले राष्ट्रिय युवा संघ मकवानपुर जिल्ला कमिटीलाई संगठन विस्तार तथा कार्यसम्पादनका आधारमा प्रदेशभर तेस्रो उत्कृष्ट जिल्ला घोषणा गरेको छ। संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले कार्यकाल सम्हाल्दा ७७ स्थानमा रहेको जिल्ला कमिटी आज तेस्रो स्थानमा आउँदा निकै उत्साह बढेको बताए। साथै, युवाहरूसँग अझ घुलमिल हुँदै थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाए।

प्रदेश कमिटी सदस्यहरूलाई जिम्मेवारी वितरण
बैठकले मकवानपुरका प्रदेश कमिटी सदस्यहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ:
सुरेश रुम्बा – हेटौडा/थाहा इन्चार्ज
किरण लामिछाने – सचिवालय सदस्य
सन्तोष बर्तौला – मनहरी/राक्सीराङ इन्चार्ज
मनोज नेगी – सचिवालय सदस्य
विरबहादुर मिजार – कृषि तथा शिक्षा विभाग प्रमुख
नितेश पराजुली – हेटौडा सह-इन्चार्ज
प्रकाश संजेल (मनोनित) – बागमती इन्चार्ज
त्यस्तै, मकवानपुरको बागमती गाउँपालिका प्रदेशकै प्रथम उत्कृष्ट तथा भीमफेदी गाउँपालिका प्रदेशकै तेस्रो उत्कृष्ट पालिका घोषणा गरिएको छ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले संघ, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म संगठन सशक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।







