सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) र चितवनको हानामी बिएफसी आमनेसामने हुँदैछन्।
Advertisement
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। आजको विजयी टिमले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा ए डिभिजनका ७ टिम र मोफसलका ३ टिम सहभागी छन्।
प्रतियोगिता आगामी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार बागमती गोल्डकपले राष्ट्रिय तथा मोफसल स्तरका खेलाडीहरूलाई प्रतिभा देखाउने अवसर प्रदान गर्दै आएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







