मकवानपुर – नेकपा (एमाले)को तीन महिने जरा केन्द्रित अभियानअन्तर्गत भीमफेदी गाउँपालिकाको वडा नम्बर २ मा नयाँ कमिटी गठन गरिएको छ।
शनिबार भैंसेमा आयोजित वडा भेलाबाट शर्मिला महतको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको एमाले भीमफेदीका उपसचिव आशिष अस्लामीले जानकारी दिनुभयो।
Advertisement
उपाध्यक्षमा विमला कलवार, सचिवमा अनिल आले, उपसचिवमा केशव परियार र उत्तम घलान सहित १९ सदस्यीय नयाँ कमिटी गठन भएको छ। उपसचिव अस्लामीका अनुसार भीमफेदीका नौवटै वडाका कमिटी सक्रिय रहँदै आएका छन्।
पार्टी सदस्य तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष सम्पर्क गर्दै पार्टीका उपलब्धिहरूको प्रचार गर्ने, गुनासो सुन्ने, सुझाव संकलन गर्ने तथा टोल कमिटीहरू निर्माण गर्ने अभियान तीव्र रूपमा अघि बढिरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







