हेटौंडा हुँदै भएको गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गरेको छ। नयाँ इन्चार्जका रूपमा सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई तोकिएको छ।
Advertisement
यसअघि प्रहरी नायव निरीक्षक (सई) नेतृत्वमा रहेको सो चौकीमा लुङ्वाको कमाण्डमा जिम्मेवारी सुम्पिएको हो। गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका तत्कालीन इन्चार्ज कुमार फुयाँलसहित तीन जनालाई हटाइएको थियो।
सोमबार फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा तानेर अनुसन्धान अघि बढाइएको छ। यसैबीच, पशु सेवा कार्यालय मकवानपुरले तस्कर भिम राईलाई ५ हजार रुपैयाँ जरिवाना तिराएर गोरुहरू फिर्ता गरिदिएको बताइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







