राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँपालिका वडा नं ३ को दोस्रो वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
मंगलबार(आज)अधिवेशनले समिर घलानको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।

उक्त अधिवेशनमा प्रमुख अतिथि प्रतिक न्यौपाने रहेका थिए भने कार्यक्रमको सभाध्यक्षता सविन पाठकले गरेका थिए। कार्यक्रममा हेमलाल उप्रेती, मनिला विष्ट, सन्तोष बर्तौला, विरेन्द्र डिसीलगायतका वक्ताहरूले मन्तव्य राख्दै युवा संघको भूमिकाबारे प्रकाश पारे।
Advertisement
राष्ट्रिय युवा संघ नेपालको यो अधिवेशनले युवाहरूलाई संगठित गर्दै सामाजिक, राजनीतिक तथा विकास निर्माणका गतिविधिमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने विश्वास लिइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







