नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गरेको छ। यसअघि उक्त पदमा रहेका गगन विष्ट सूचना आयोगको सदस्य नियुक्त भएपछि पद रिक्त भएको थियो।
पार्टी निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका उपाध्यक्ष रहेका पाण्डेलाई प्रचार विभागको सचिवमा मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
Advertisement
आइतबार बसेको सचिवालय बैठकमा रिक्त रहेका विभागको सदस्यहरूलाई पूर्णता दिने कार्यसूची रहेको पोखरेलले बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







