मकवानपुरगढी गाउँपालिका-५, सामरी (धादिङ) – प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा श्री शारदा माध्यमिक विद्यालयमा आयोजना गरिएको “२ दिने नीति तथा नैतिकता सम्बन्धी” तालिम को उद्घाटन भएको छ। उक्त तालिमको उद्घाटन प्रदेश युवा परिषद्को कार्यालय प्रमुख रमेश घिमिरेले गर्नुभएको थियो 
उक्त तालिमले विशेष गरी स्थानीय युवाहरूलाई नीति र नैतिकताको महत्त्वबारे सचेत गराउने उद्देश्य राखेको घिमिरेले बताए । तालिममा युवाहरूलाई नैतिक मुल्य, आदर्श, जिम्मेवारी, र समाजप्रतिको दायित्वका बारेमा विस्तृत जानकारी प्रदान गरिनेछ। कार्यक्रमका प्रमुख अतिथि घिमिरेले युवाहरूमा नेतृत्व क्षमता, नैतिक मूल्य, र अनुशासनको विकास गर्नु आवश्यक रहेको बताउनुभयो।
स्थानीय विद्यालयका प्रधानाध्यापकले यस प्रकारका कार्यक्रमहरूले युवाहरूमा आत्मविश्वास, अनुशासन, र सामाजिक दायित्वको भावना विकास गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेश युवा परिषद्को यो प्रयासलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर गर्ने बताए







