हेटौंडामा सम्पन्न १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता-२०८१ अन्तरगत पुरुष भलिबलतर्फको अन्तिम फाइनल खेलको उद्घाटन तथा पुरस्कार वितरण हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभयो।
Advertisement
जिल्ला स्तरीय प्रतियोगितामा १५ स्वर्ण, १० रजत, र ९ कांस्य पदकसहित हेटौंडा उपमहानगरपालिका प्रथम स्थानमा रहेको छ।
यस्तै, १३ स्वर्ण, ५ रजत, र १० कांस्य पदकसहित बकैया गाउँपालिकाले दोस्रो स्थान हात पार्दा ११ स्वर्ण, ९ रजत, र ७ कांस्य पदकसहित थाहा नगरले तेस्रो स्थान हासिल गरेको छ।
कार्यक्रममा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै प्रमुख लामाले खेलकुदले अनुशासन, शारीरिक तन्दुरुस्ती र आपसी भाइचारा बढाउन सहयोग गर्ने बताउनुभयो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







