
कैलाश गाउँपालिकामा राष्ट्रिय युवा सङ्घ नेपालको तेस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भीम लामाको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ।
Advertisement
कार्यक्रम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमाले नेता डोरमणी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेलले युवाहरूलाई पार्टीप्रति विश्वास राख्दै निराश नहुन आग्रह गरे। उनले युवाहरूको भविष्य पार्टीसँग जोडिएको बताउँदै सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।
अधिवेशनमा नरेन्द्र रिजाल, छेकु लामा, दीपक खड्का, लक्ष्मण उप्रेती, बाबुराम मुक्तान, प्रतीक न्यौपाने, मनोज बर्तौला लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) परित्याग गर्दै ९३ जना कार्यकर्ताले नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







