वाग्मती प्रदेश प्रहरी कार्यालय, सानोपोखराबाट खटिएको टोलीले गाई तथा गोरु अवैध रुपमा ढुवानी गरिएको ट्रक नियन्त्रणमा लिएको छ।

Advertisement
जिल्ला प्रहरी कार्यालय मकवानपुरक अनुसार, मङ्गलबार(आज) बिहान ५:०० बजे हेटौडा उपमहानगरपालिका–४ स्थित फरेष्ट्री क्याम्पसअगाडि पूर्व–पश्चिम राजमार्गमा चेकजाँचको क्रममा बिरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ख–१२२० नम्बरको आइचर ट्रक रोकेर जाँच गर्दा चालक ट्रक छोडेर भागेका थिए।
ट्रकभित्र चेकजाँच गर्दा भेटेनरी कागजात नभएका ८ वटा गाई र ७ वटा गोरु फेला परेको प्रहरीले जनाएको छ। उक्त पशुहरूलाई नियन्त्रणमा लिइ ट्रकसहित पशुसेवा केन्द्र कार्यालय हेटौडामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







