हेटौंडा/हेटौंडा उपमहानगरपालिकामा महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा किशोरी संवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा उपमहानगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूसँग नगरप्रमुख मीनाकुमारी लामाले संवाद गर्नुभएको थियो।
Advertisement

कार्यक्रममा किशोरीहरूले उठाएका विभिन्न जिज्ञासामा जवाफ दिँदै नगरप्रमुख लामाले भोलिका दिनमा किशोरीहरूले भोग्न सक्ने समस्याबारे सचेत रहनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा हेटौंडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, महिला, बालबालिका तथा समावेशीकरण महाशाखाका प्रमुख विष्णुकुमारी लामिछानेलगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







