निरन्तरको वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ती लोकपथ सडकखण्ड अवरुद्ध भएको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक श्यामु अर्यालका अनुसार, आज बिहान करिब ६:१५ बजे मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा पर्ने बागमती खोलामा बनाइएको अस्थायी डाइभर्सन वर्षाले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडक खुलाउने कार्यका लागि प्रहरी टोली घटनास्थलमा खटिएको जानकारी दिँदै प्रवक्ता अर्यालले हाललाई हेटौंडाबाट काठमाडौं जानका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



