राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि पोखरा सभागृहमा मतदान प्रक्रिया सुरु भएको छ। मंगलबार बिहान १० बजेदेखि सुरु भएको मतदानमा दुई अध्यक्ष पदका उम्मेदवार क्षितिज थेबे र सुमन पुरीले शुरुवाती मतदान गरेका छन्।
Advertisement
निर्वाचनका लागि कुल ४२ इलेक्ट्रोनिक मतदान मेसिन प्रयोग गरिएको छ। प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै मतदान केन्द्र (बुथ) व्यवस्था गरिएको छ।
अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् भने पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्ष पदमा प्रतिस्पर्धामा छन्।
महासचिव पदका लागि थेबे पक्षबाट महेश चौलागाईं र पुरी पक्षबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







