मकवानपुरगढी गाउँपालिका–५ मा रहेको श्री शारदा माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ मा उल्लेखनीय सफलता हात पारेको छ। विद्यालयले सामुदायिक विद्यालयतर्फ जिल्लामै शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो।
विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा वडा सरकारको समन्वित प्रयासले यस उपलब्धि हासिल भएको विद्यालयले जनाएको छ। विद्यार्थीकै लगनशीलता, अभिभावकको सक्रियता, शिक्षकहरूको कर्मठता र विद्यालयप्रति सबैको प्रतिबद्धता यस सफलताको मूल आधार बनेको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालय व्यवस्थापन समिति, सम्पूर्ण शिक्षक टिम, अभिभावक, विद्यार्थी र विशेषगरी विद्यालयको नेतृत्वदायी भूमिकामा रहनुभएका प्रधानाध्यापक इन्द्रबहादुर कार्की तथा वडा अध्यक्ष दिपेश दहाललाई समेत हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
शिक्षा क्षेत्रमा नयाँ प्रेरणा बनेको यस सफलताप्रति सबैलाई बधाई दिँदै आगामी वर्षहरूमा पनि यस्तै निरन्तरता रहने शुभकामना व्यक्त गरिएको छ।







