सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार, वर्षा नहुँदा धान रोपाइँमा समस्या देखिनु र रोपाइँ भइसकेका खेतमा समेत धाँजा फाट्न थालेको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
Advertisement
वातावरणीय असन्तुलनका कारण समयमै वर्षा नहुनु र खेतीयोग्य जमिन सुक्खा हुँदै जानुले खाद्य सुरक्षामा गम्भीर असर पर्न सक्ने जोखिम औंल्याउँदै प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रीले जानकारी दिए।
यसअघि मधेस प्रदेश सरकारले नै प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







