हेटौंडा/ बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा आफ्नो हस्ताक्षरप्रति असहमति जनाउँदै सांसद मिना पराजुली र माया श्रेष्ठले समर्थन फिर्ता लिएको स्पष्ट गरेका छन्।
दुवै सांसदले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अविश्वास प्रस्तावमा आफूहरूको नाम राखिए पनि प्रस्तावको पूर्ण जानकारी नदिइएको र सहमति विना हस्ताक्षर संकलन गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले अब नेता लामा प्रति पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्।
Advertisement
उक्त विज्ञप्तिमा भनिएको छ, “उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता माननीय बहादुर सिंह लामा (तामाङ)लाई समर्थन रहने व्यहोरा अवगत गराउँदछौं।”
यससँगै बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूकै बीचबाट समर्थन फिर्ता हुने क्रम सुरु भएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







