नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज (बुधबार) बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ। बैठकका लागि सबै सांसदहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै सरकार सञ्चालनको अवस्था, भावी रणनीति तथा सत्ता समीकरणका विषयमा विस्तृत छलफल हुने छ।
साथै, प्रदेश सरकारमा देखिएको अस्थिरता र सम्भावित पुनर्संरचनाबारे पनि बैठकमा महत्वपूर्ण छलफल हुने बताइएको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







