हेटौंडा/बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनले बहुमतको आधारमा सरकार गठनको दावी पेश गरेका छन्।
प्रदेश प्रमुखलाई आज दिइएको पत्रमार्फत दुवै दलका संसदीय दलका नेताहरूले नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियालाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्।
Advertisement
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारले आह्वान गरेको दावी पेश प्रक्रियाअनुसार ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको जनाइएको छ। तीमध्ये नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद रहेका छन्।
मुख्यमन्त्रीको दावीपत्रमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







