बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत् तीनवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्।
उनको नेतृत्वमा मंगलबार बसेको बैठकले प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास गर्ने, स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउने तथा अस्पताल सेवामा गुणस्तरीय सुधार ल्याउने निर्णय लिएको हो।
मन्त्री थापाका अनुसार, विद्युतीय प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा तीव्रता ल्याउनेछ, सेवाग्राहीको पहुँच सरल र सहज हुनेछ र समग्र स्वास्थ्य संरचना प्रभावकारी बनाइनेछ भन्ने विश्वास मन्त्रालयले लिएको छ।
थापा २०८१ सालको साउन ९ गते पहिलोपटक स्वास्थ्य मन्त्री नियुक्त भएका थिए। हालै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उनी पुनः स्वास्थ्य मन्त्रालयको जिजिम्मेवारीमै नियुक्त हुनुभएको छ।







