नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य माननीय एकालाल श्रेष्ठ नियुक्त भएका छन्। संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्णयअनुसार श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।
साउन २० गतेको निर्णयका आधारमा एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम श्रेष्ठलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो। बिहीबार हेटौंडामा रहेको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले उनलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
Advertisement
मकवानपुर क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका श्रेष्ठ यसअघि बागमती प्रदेश सरकारमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका अनुभवी नेता हुन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







