हेटौंडा/हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस (HSMSS) द्वारा आयोजित वार्षिक बास्केटबल प्रतियोगिता “HSMSS Hoops २०८२” आज सफलतापूर्वक सम्पन्न भएको छ ।
भदौ ३ देखि ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र तथा छात्रा दुवै तर्फका टिमहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा छात्रतर्फ Team BIM ले ६६ अंकसहित उपाधि जित्न सफल भयो । सोही क्रममा Team HM+12 Commerce ले ६४ अंकसहित प्रथम उपविजेता बनेको छ ।
विजेता टोलीलाई नगद रु. ७,००० सहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेताले नगद रु. ५,००० सहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । भने छात्रातर्फ Bachelors Girls Team ले ३२ अंकसहित विजेता बन्न सफल भयो भने +2 Girls Team ले ६ अंक हासिल गर्दै प्रतियोगिता सम्पन्न गर्यो । विजेता टोलीलाई नगद रु. ७,०००, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।
विशेष अवार्ड
Most Valuable Player (MVP) – छात्र : सक्ष्यम गुरुङ (Team BIM), नगद रु. ३,००० सहित प्रमाणपत्र
Most Improved Player – छात्र : बिदान श्रेष्ठ (Team HM+12 Commerce), नगद रु. २,०००
MVP – छात्रा : सरिश्मा श्रेष्ठ र पूजा योन्जन (Team Bachelor), नगद रु. ३,००० सहित प्रमाणपत्र
आयोजक संस्थाका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र टोलीगत सहकार्यलाई प्रोत्साहन गर्दै सह-पाठ्यक्रमगत गतिविधिलाई अझ सबल बनाएको छ ।