हेटौंडा/श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालय परिवारको दीर्घकालीन आवश्यकता मानिँदै आएको आफ्नै इभेन्ट हल सञ्चालनमा ल्याएको छ।
यसअघि विद्यालयका कार्यक्रमहरू कहिले खुला चौरमा त कहिले कक्षाकोठामा गर्नुपर्ने बाध्यता रहेकोमा अब आधुनिक संरचनायुक्त इभेन्ट हल बनेपछि विद्यालयले ठूलो सहजता प्राप्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिन खानले विगतमा विद्यालयका कार्यक्रमहरू खुला चौरमा आयोजना गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले निर्माण भएको हल विद्यार्थीको भावना र गौरवसँग जोडिएको बताए।
त्यसै अवसरमा विद्यालयले +2 Science सञ्चालन गरेयता उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने परम्परा निरन्तरता दिँदै यस वर्ष कक्षा १२ मा A+ ल्याउने विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ। विद्यालय प्रशासनले यो कदमले विद्यार्थीलाई थप प्रेरणा दिने र अध्ययनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि नवीन सिग्देल, सभाध्यक्ष विद्यालयका प्लस टु विद्यार्थी पुनम आचार्य, हेटौंडा क्याम्पसका अध्यक्ष आन्दराम पराजुलीसहित सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको थियो।नव–निर्मित इभेन्ट हलमा पहिलोपटक कक्षा १२ का विद्यार्थीहरूले Welcome Program भव्य रूपमा सम्पन्न गरेका छन्। कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो।







