हेटौंडा/गोर्खा ब्वाईज क्लब, हेटौंडा–४ कर्राखेलद्वारा आयोजित फुटबल प्रतियोगिता श्रमिक मा.वि. मैदानमा उत्साहपूर्ण रुपमा जारी रहेको छ । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आज सम्पन्न खेलमा काल भैरब एफ.सी. ले वाला एफ.सी. लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । सो खेलमा सुजन लामा म्यान अफ द म्याच घोषित भए । त्यस्तै, अर्को खेलमा ढेडो एफ.सी. ले हेटौंडा फुटबल एकेडेमीलाई पराजित गर्दै जित हात पारेको छ भने अनिल क्षेत्री म्यान अफ द म्याच बने ।
प्रतियोगिताको विजेताले पहिलो पुरस्कार ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँसहित विभिन्न विधागत पुरस्कार पाउने व्यवस्था गरिएको छ । भोलि थप तीन खेल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन तथा आजको खेल कार्यक्रममा प्रमुख अतिथि एमाले सचिव सिता बिष्ट रहनु भएको थियो । बिशिष्ट अतिथिहरूमा वडा नं–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजकुमार मुक्तान, पूर्व खेलकुद विकास समिति अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चन र अनेरास्ववियु केन्द्रीय सदस्य भुबन मैनाली सहभागी रहेका थिए ।
त्यस्तै, अन्य अतिथिहरूमध्ये युवा संघ नगर अध्यक्ष अनिल काफ्ले, अक्कलबहादुर रोकाया, जिल्ला फुटबल संघ सदस्य सचिन राई, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति प्रसिद्ध रेग्मी तथा नारायणी कलेजका अनिल लामा सहभागी रहेका थिए । शुभकामना मन्तव्य सानु लामा, फुर्वा दोर्जे लामा र सिता बिष्टले प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको सभाध्यक्ष नितेशकुमार लामा रहनुभएको छ भने स्वागत मन्तव्य नितेश लामाले प्रस्तुत गर्नुभएको थियो ।




