प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई आगामी फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले यही कात्तिक ४ गते साँझ ४ बजे, प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने उक्त छलफलमा सहभागी हुन दलहरूलाई पत्र पठाउनुभएको उहाँका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो।
Advertisement
छलफलका लागि प्रत्येक राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।
उक्त छलफलमा सहभागी हुन निमन्त्रणा दिइएका दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



