खेलकुद विकासका लागि सक्रिय मानिएका युवा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले पिप्ले युवा क्लबलाई यस वर्षको सी–डिभिजन लिग छनोट खेलका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।
क्लबका प्रतिनिधिसँग भएको भेटवार्तामा अध्यक्ष लामाले स्थानीय युवामा खेलप्रतिको उत्साह र क्षमतालाई पहिचान गरेर प्रोत्साहन गर्न आफू सदैव तत्पर रहेको बताए। “युवा र खेलकुद क्षेत्रमा लगानी गर्नु नै भविष्यमा लगानी गर्नु हो,” अध्यक्ष लामाले भन्नुभयो, “पिप्ले युवा क्लब जिल्लाको गौरव बन्न सकोस् भन्ने चाहनासहित पालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरेका छौँ।”
Advertisement
क्लबले आगामी सी–डिभिजन छनोट प्रतियोगिताका लागि तयारी तीव्र पारेको छ। आर्थिक सहयोगको प्रतिवद्धताले टोलीको हौसला थपिएको क्लबका पदाधिकारीहरूले बताएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




