नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ बाट पार्टीको ११औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज निर्वाचन हुँदै छ। सो क्षेत्रमा ८ जना प्रतिनिधि चयनका लागि ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उता, मकवानपुर क्षेत्र नम्बर–२ मा भने प्रतिनिधि चयन प्रक्रिया निर्विरोध रूपमा सकिएको छ।
आगामी मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने ११औँ महाधिवेशनको तयारीसँगै मकवानपुर एमालेले प्रतिनिधि छनोट प्रक्रिया तीव्र पारेको हो। निर्वाचन समिति संयोजक सूर्य चन्द्र न्यौपानेका अनुसार क्षेत्र नम्बर–१ को खुला तर्फ ३० जना, महिला तर्फ ८ जना र युवा तर्फ १० जनाले उम्मेदवारी दिएका छन्।
यसैबीच, मकवानपुर क्षेत्र नम्बर–२ बाट बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गीता प्रजा र रोहन लामा महाधिवेशन प्रतिनिधि रूपमा निर्विरोध चयन भएका छन्।




