गत भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा हेटौंडामा भएको ठूलो उपद्रवको घटनामा संलग्न दुई जनालाई अदालतले आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
जेन जी आन्दोलनका क्रममा हेटौंडाका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको निजी निवासमा तोडफोड र आगजनी भएको थियो। उक्त घटनामा संलग्न ३७ वर्षीय सुरेन्द्र राना मगर र ३६ वर्षीय सुजन अधिकारी पक्राउ परेका थिए।
Advertisement
विस्तृत अनुसन्धान र मुद्दाको सुनुवाइपछि मकवानपुर जिल्ला अदालतले आज आइतबार २१ गतेको आदेशअनुसार दुबै जनालाई पुर्पक्षका लागि भिमफेदीस्थित कारागार पठाउने निर्णय गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार यस घटनालाई “गम्भीर आपराधिक उपद्रव” मान्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







