हेटौंडा उपमहानगरपालिका–११ सिमलटारमा बङ्गुर पालक कृषक र पशु सेवा कार्यालय हेटौंडाका प्रमुख पशु चिकित्सक डा. रामप्रकाश प्रधानबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि डा. प्रधानले कृषकका समस्या समाधानमा आफू सधैं साथ रहने प्रतिबद्धता जनाउँदै सिमलटारलाई बङ्गुर पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारे। मानव बस्तीबीच रहेका बङ्गुरका खोरलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी एकीकृत खोर निर्माण गर्न आवश्यक रहेको उनले बताए।
व्यवस्थित बङ्गुर पालनले किसानको आयआर्जन तथा जीवनयापन सहज बन्ने उल्लेख गर्दै प्रधानले कृषकलाई आधुनिक र वैज्ञानिक पद्धतिमा बङ्गुर पालन अघि बढाउन सुझाए। अन्तरक्रिया कार्यक्रमका क्रममा उनले स्थानीय किसानका खोरहरूको स्थल निरीक्षण समेत गरेका थिए।
हातेमालो बङ्गुर पालक कृषक समूहको आयोजनामा भएको कार्यक्रम समूहका अध्यक्ष सुन्दरलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।



