नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा वडा सभापतिहरूलाई सम्मान गरेको छ। शनिबार मनहरीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले उनीहरूलाई सम्मान प्रदान गर्नुभयो।
नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीतर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीसहित ६ जना वडाध्यक्ष र ९ वटै वडाका पार्टी सभापतिहरूलाई सम्मान गरिएको हो। सो अवसरमा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई पनि विशेष सम्मान गरिएको थियो। 
कार्यक्रमका क्रममा पालिकास्तरीय नेता–कार्यकर्ताहरूको भेला आयोजना गरी पार्टी गतिविधिबारे समीक्षा गरिएको थियो भने आगामी महाधिवेशन सफल बनाउने विषयमा समेत छलफल भएको थियो। साथै, विभिन्न पार्टी परित्याग गरी १० जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।
मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँका राजनीतिक सल्लाहकार तथा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पार्टी बागमती प्रदेश सदस्य एवं पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, प्रदेश सदस्यहरू जानकी लामा, जानुका लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदीप कोइराला, जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, मकवानपुर क्षेत्र नं. २ (ख) सभापति तथा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा तथा लोकतान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए।

यसैबीच, मुख्यमन्त्री बानियाँले मनहरीस्थित मनकामना मन्दिरको संरक्षण तथा पुनर्निर्माणका लागि मन्दिर व्यवस्थापन समितिलाई व्यक्तिगत रूपमा नगद ७५ हजार रुपैयाँ सहयोगसमेत प्रदान गर्नुभएको







