हेटौंडा उपमहानगरपालिका–१७ गौरिगाउँस्थित पशुपति पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजारभन्दा बढी कुखराका चल्ला जलेर मरेका छन्।
हेटौंडा–८ कमानेका राजु अधिकारीले सञ्चालन गरेको उक्त फर्ममा चल्ला ब्रुडिङ गर्ने क्रममा प्रयोग गरिएको ग्यास बुडरको तापक्रम अत्यधिक बढ्दा भुइँमा ओछ्याइएको भुसमा आगो सल्किएर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
Advertisement
आगलागीका बेला सोही खोरमा ३ दिनका १६ हजार १८२ वटा चल्ला रहेका थिए। तीमध्ये ९ सय चल्ला सुरक्षित रूपमा उद्धार गरिएको भए पनि बाँकी १५ हजार २८२ चल्ला जलेर मरेका प्रहरीले जानकारी दिएको छ।
स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति तथा अन्य भौतिक संरचनामा भने कुनै क्षति नभएको जनाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



