गणित शिक्षा परिषद् मकवानपुरको अध्यक्षमा बिनोद सुवेदी चयन भएका छन्। आज सम्पन्न परिषद्को पाँचौँ जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा दीपक अधिकारी, सचिवमा इन्द्रबहादुर कार्की, सह–सचिवमा भूपेन्द्र चौलागाईँ, कोषाध्यक्षमा होमनाथ ढकाल र सह–कोषाध्यक्षमा ब्रजकिशोर गुप्ता चयन भएका छन्। यस्तै सदस्यहरूमा सबिना वाइबा, सविता अधिकारी, गोपाल घिमिरे, उपेन्द्र पौडेल, बिमल दाहाल, सुदर्शन अधिकारी र शंकर भण्डारी चयन भएका छन्।
यसैगरी, आजै सम्पन्न गणित शिक्षा परिषद् हेटौँडा उपमहानगरपालिकाको अधिवेशनबाट श्याम बजगाईँ अध्यक्षमा चयन भएका छन्। नगर समितिको उपाध्यक्षमा शान्तिमाया बस्नेत, सचिवमा नवराज दुलाल, सह–सचिवमा लक्ष्मीकुमारी पुडासैनी, कोषाध्यक्षमा हर्कबहादुर कार्की र सह–कोषाध्यक्षमा अजन्ता पराजुली चयन भएका छन्।
अधिवेशनका अवसरमा २०८१ सालको एसइई परीक्षामा गणित विषयमा शतप्रतिशत नतिजा, ए प्लस वा ए जिपिए हासिल गर्न विद्यार्थीलाई सहयोग पुर्याउने गणित शिक्षकहरूलाई सम्मानसमेत गरिएको थियो।








