आज बसेको नेकपा एमालेको सचिवालय बैठकले बागमती प्रदेशअन्तर्गतका १० जिल्लाका इञ्चार्जहरू तोकेको छ। बैठकले नेकपा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुरका केन्द्रीय सदस्य रामेश्वर रानालाई मकवानपुर जिल्ला इञ्चार्जको जिम्मेवारी प्रदान गरेको छ।
एमाले सचिव महेश बस्नेत बागमती प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहँदै गर्दा प्रदेशका विभिन्न जिल्लामा संगठन सुदृढीकरणका लागि इञ्चार्जहरू तोकिएको जनाइएको छ।
Advertisement
बैठकबाट तोकिएका जिल्ला इञ्चार्जहरूको सूची यसप्रकार रहेको छः
१. सिन्धुली – प्रदीप कटुवाल
२. रामेछाप – माधव ढुङ्गेल
३. काभ्रे – अशोक ब्यञ्जु
४. सिन्धुपाल्चोक – सुवास कर्माचार्य
५. धादिङ – भूमि त्रिपाठी
६. दोलखा – पार्वत गुरुङ
७. नुवाकोट – केशव पाण्डे
८. रसुवा – प्रेम तामाङ
९. मकवानपुर – रामेश्वर राना
१०. चितवन – देवी ज्ञवाली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



