हेटौंडा/आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बागमती प्रदेश सभाका सदस्य तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका निवर्तमान मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने तयारी रहेको बताएका छन्।
काफ्लेले अब संघीय राजनीतिमा सक्रिय भई जनताको सेवामा समर्पित हुनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै जनताको इच्छा र चाहनाअनुसार आफू अगाडि बढ्ने स्पष्ट पारे। प्रतिनिधिसभा निर्वाचनमार्फत देशव्यापी रूपमा जनताको आवाज संसद्मा उठाउने उद्देश्यका साथ निर्णय लिएको उनको भनाइ छ।
Advertisement
उनले प्रदेश तहमा प्राप्त अनुभवलाई संघीय संसद्मा प्रयोग गर्दै विकास, सुशासन र जनजीविकासँग सम्बन्धित मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्नो कदम अगाडि बढाएको बताएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



