शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकता दिने उद्देश्यका साथ तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिवल प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौँडा–४ को परिसरमा सञ्चालन भइरहेको प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को समन्वय तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा भइरहेको छ । प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका टोली सहभागी रहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।
माघ २ र ३ गतेसम्म सञ्चालन हुने भलिवल प्रतियोगिताको उद्घाटन समारोह वडा नम्बर ४ का वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष समीम महोमदको अध्यक्षतामा सम्पन्न भएको हो ।
हेटौँडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिता सुरु
हेटौँडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिता सुरु
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







