जेसीआई हेटौंडा वर्ष २०२६ को अध्यक्ष पदमा सन्तोष पराजुली पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा आयोजित ४८औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहबीच जेसीआई हेटौंडा वर्ष २०२५ का अध्यक्ष पंकजदास बानियाँले पराजुलीलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन् । 
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीआईका पूर्व पदाधिकारी, बोर्ड सदस्य तथा सल्लाहकारहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।
नव–निर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा संजयकुमार न्यौपाने र विपिन ताम्राकार पदस्थापित भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा विवेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य रहेका छन् ।
महासचिवमा किरण आले मगर, सचिवमा विवेक फुयाँल, तालिम संयोजकमा कुशल रिजाल, भवन संयोजकमा राज खड्गी, यिम निर्देशकमा योगेश बानियाँ, पब्लिक रिलेशन अफिसरमा प्रतिक कोइराला, लोम इडिटरमा प्रविण श्रेष्ठ, कोषाध्यक्षमा विश्वप्रसाद गौतम र कानुनी सल्लाहकारमा प्रवीण गुप्ता पदस्थापित भएका छन् । 
कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधान, उपाध्यक्षद्वय खगेन्द्र भण्डारी र दिपेश बराइली, जेसीआई हेटौंडाका पूर्व अध्यक्ष बासु सुवेदी, हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एक वर्षे कार्यकालका लागि नियुक्त अध्यक्ष पराजुली तथा सम्पूर्ण पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय जेसीआई हेटौंडामा हरेक वर्ष लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्ने परम्परा रहेको छ ।








