कांग्रेसका बागमती प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्।
काफ्लेले सोमबार हेटौंडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा उपसभामुख अप्सरा चापागाईं समक्ष राजीनामा पत्र बुझाएका हुन्। दोलखावासी जनताको चाहनाअनुसार आफूले राजीनामा दिएको उनले बताएका छन्।
Advertisement
आगामी प्रतिनिधिसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेकाले राजीनामा दिएको काफ्लेको भनाइ छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







