फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका स्वतन्त्र उम्मेदवारहरूले विभिन्न चुनाव चिन्ह प्राप्त गरेका छन्।
मकवानपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार अमर दंगालले खसीको टाउको, राजकुमार खड्काले प्रेसर कुकर, अमिक परियारले काउली, टिकाप्रसाद चौलागाईंले चेसको गोटी र प्रमिला कुमारी खतिवडाले ठेकी चुनाव चिन्ह पाएका छन्। त्यस्तै, मिठु पुलामी मगरलाई फिरफिरे, राकेश कुमार शर्मालाई आँप, राजाराम बोगटीलाई जिप, सुशीला सुवेदीलाई झोला र ज्ञानसागर लामालाई कैँची चुनाव चिन्ह प्रदान गरिएको छ।
यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार अमृत वलले त्रिभुज, कृष्णराम श्रेष्ठले जिप, प्रतिक्षा बानियाँले ठेकी, रमेश आचार्यले क्यामरा र सितामाया वलले ट्रफी चुनाव चिन्ह प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार हेटौंडास्थित कार्यालयमार्फत फागुन २१ गते हुने निर्वाचनका लागि यी चुनाव चिन्हहरू वितरण गरिएको हो।







