
नेपाली कम्युनिस्ट आन्दोलनका पुराना तथा प्रभावशाली नेता ज्ञानेन्द्र मोहन श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
Advertisement
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार प्रकाश श्रेष्ठलाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव महेश बस्नेतले पार्टीमा स्वागत तथा सम्मान गरेका हुन्। कार्यक्रममा एमालेका विभिन्न प्रतिष्ठित नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नेता श्रेष्ठले देशको राजनीतिक स्थायित्व, विकास र जनताको हितका लागि एमाले उपयुक्त शक्ति भएको भन्दै पार्टी प्रवेश गरेको बताए। एमाले नेतृत्वले उनको पार्टी प्रवेशले संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







